1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

झापाको गरामनीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ



झापा
पछिल्लो समय झापाको बिर्तामोड लागु औषध कारोबारीको अखडा बन्दै गएको छ । शुक्रबार मात्र ब्राउन सुगरसहित दुई युवक बिर्तामोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम जिल्ला माई नगरपालिका–६ घर भई हाल बिर्तामोड–८ गरामनी बजारमा डीडीआर फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।

उनीहरूलाई प्रहरीले बिर्तामोड ९ स्थित देवकोटा चौकबाट ५ ग्राम ५ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment