1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ५ मंगलबार

साधारण चप्पल, असाधारण विचार , महाबिर पुनको पुस्तक बिर्तामोडमा सर्वाधिक बिक्री



झापा ।    वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महाबिर पुन आफैँ झुलो चप्पल र सामान्य सवारीमा झापाको गर्मी सहेर बिर्तामोडमा पुस्तक बेचिरहेका छन् ।

उनका बारेमा लेखिएको आत्मकथा ‘महाबीर पुन’ बिर्तामोडमा निकै लोकप्रिय बन्दै गएको छ ।

हालसम्म ३ हजार ६ सयभन्दा बढी प्रतिहरू बिक्री भइसकेको छ ।

पुस्तक बिक्री वितरणको यो कार्यक्रम विभिन्न संघसंस्थाको सहयोगमा सन्चालन भइरहेको छ ।

वैज्ञानिक, समाजसेवी अनि सपना देख्ने मान्छे, सामान्य चप्पल लगाएको खुट्टा, पसिनाले भिजेको टि–सर्ट र झापाको तातो गर्मीमा हातमा पुस्तक बोकेर डा. महाबिर पुन अहिले बिर्तामोडका सडकमा देखिन्छन् ।

उनी आफैँ आफ्नो जीवन संघर्ष बोकेको आत्मकथा ‘महाबीर पुन’ लिएर बजार बजार घुमिरहेका छन् ।

भन्छन्, “म किताब बेच्न होइन, विचार बाँड्न आएको हुँ ।”

यही विचारले बिर्तामोडका सयौँको मन छोएको छ । उनको कथा अहिले बिर्तामोडका घरघरमा पुगिरहेको छ ।

शनिबार उनको पुस्तकको प्रचार र बिक्रि गर्न बिर्तामोडको महानन्द चोकमा ठुलै भिड लाग्यो ।

उक्त अभियानमा देखिए पुन सँगै नेपाल मगर संघ बिर्तामोड नगर समिति, जग्गा तथा आवास विकास संघ झापा, महानन्दचोक बजार व्यवस्थापन समिति, साना निर्माणकर्मी संघ झापा, एक्टिभ नायन बिर्तामोड र बिर्तामोड उद्योग वाणिज्य संघ, महानन्दचोक उपसमिति जस्ता संस्थाका प्रतिनिधिहरु ।

यहि ठाउँमा मात्रै २ सय ७० पुस्तक बिक्रि भएको जग्गा तथा आवास विकास संघ झापाका महासचिव राजु समालले जानकारी दिनुभयो ।

पुस्तकप्रति यति धेरै जनचासो हुनुको कारण महाबिर पुनको साधारणता मात्र होइन, उनीभित्रको असाधारण विश्वास पनि हो जो पातलो चप्पलमा हिँडेर पनि परिवर्तनको बाटो खोजिरहेछ ।

यो पुस्तक वितरण कार्यक्रम कुनै व्यक्तिगत अभियान मात्र होइन ।

समाजसेवी तथा पुस्तक व्यवसायी केशव मैनालीको समन्वयमा सैयौँ बिर्तामोड बासीको प्रयास हो ।

महाबिर पुन अझै बुधबारसम्म बिर्तामोडमै रहने मैनालीको भनाइ छ ।

उनलाई भेट्न चाहने, उनको पुस्तक पढ्न चाहने र परिवर्तनको कथा नजिकबाट छुन चाहनेहरूका लागि यो एक सजीव अवसर हो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment