1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

मेचिनगरमा स्कारपिओको ठक्करबाट पैदल यात्रीको मृत्यु



झापा  ।   झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि एक अन्दाजी ४५–४६ वर्षीय पुरुषको मृत्यु भएको छ।

ईलामबाट चारआलीतर्फ जाँदै गरेको सेतो रङको स्कारपिओले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटना आज साँझ ७:३० बजे भएको हो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर साँझ ८ बजे अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनापछि फरार रहेका चालक राति १०:३० बजे सवारी साधनसहित ईलाका प्रहरी कार्यालय अनारमनीको सम्पर्कमा आएका छन्।

प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा संलग्न सवारी मे. १ च. ६१३१ नम्बरको स्कारपिओ हो।

प्रहरीले सवारी चालक झापा हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्र बहादुर विष्टलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।

मृतकको नाम, थर र स्थायी ठेगाना भने अझै खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर