1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

करेन्ट लागेर कचनकवलमा एक व्यक्तिको मृत्यु



झापा ।  कचनकवल गाउँपालिका–७, सितागढी टोलमा सिचाइ मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति घर नजिकै रहेको मोटरमा तार जोड्ने क्रममा ५० वर्षीय अरुण राजवंशीलाई करेन्ट लागेको थियो।

घटनापछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीका अनुसार, आज बिहान ०९:२५ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मृत शरीरलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर