1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ६ शुकर्बार

झापा साइक्लिङ क्लब गठन



झापा ।  झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ ।

बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो ।

क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् ।

१३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका छन् ।

झापामा छ वर्षअघि देखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको पहिलोपटक हो ।

अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ ।

साथै, साइकल र साइकल पर्यटनका कामहरु भइरहेका छन् ।

नवगठित समितिले चाँडै नै झापामा साइक्लिङको प्रवर्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरु गर्ने योजना बनाएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment