झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।
यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
आव २०८१/८२ मा १३ हजार ९ सय ७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७ सय ७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उहाँले बताउनुभयो ।
यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६ सय ९१ सवारीसाधन नवीकरण गरेको छ ।
आव २०८१/८२ मा सबैभन्दा धेरै चार हजार ९ सय ६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४ सय १० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिनुभयो ।
सो अवधिमा दुई हजार ६ सय ८८ ई–रिक्सा, ७ सय ६७ ई–स्कुटर, २ सय ४९ ट्याक्टर, २ सय ४६ जिप, २ सय ५८ कार, १ सय ६५ बस, १ सय ४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।
नयाँ पेपरबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१