1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ५ बिहिबार

भद्रपुरमा आगलागी, लाखौँको क्षति



झापा।  झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित पुनडुबारी निवासी तारा चौलागाईंको दुईतले पक्की घरमा आज बिहान करिब ६:४० बजेको समयमा आगलागी भएको छ।

घरको पहिलो तल्लामा रहेको किचन कोठामा ग्यासको चुहावटका कारण अचानक आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

उक्त आगलागीबाट भान्सा कोठामा रहेका भाँडाकुँडा र अन्य घरेलु सामग्री जलेर करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घरको अन्य कोठा भने सुरक्षित रहेको छ।

स्थानीय बासिन्दा, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भएका थिए।

आगो लागेको करिब ३२ मिनेटपछि, बिहान ७:१२ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले आगलागीको कारण र थप विवरणको अनुसन्धान गरिरहेको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment