झापा । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा गएराति भएको प्रहरी कारबाहीका क्रममा एक स्थानीय बासिन्दाको ज्यान गएको छ। प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
घटना गएराति साढे १० बजेतिर भएको हो। प्रारम्भिक विवरणअनुसार, अवैध मदिरा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालित भएको थियो। त्यही क्रममा भारतीय सीमातर्फबाट आएका तस्करले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा गोली चलाउँदा लालु यादवको मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनास्थलबाट केही कार्टुन घरेलु मदिरा बरामद गरेको जनाएको छ। घटनामा एक जना प्रहरी जवानसमेत घाइते भएका छन् भने उनको अवस्थाबारे हालसम्म आधिकारिक जानकारी दिइएको छैन।
यता, स्थानीयवासीले भने प्रहरीको गोली जानाजानी चलाइएको आरोप लगाएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१