1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ५ बिहिबार

आईएमई लाइफ इन्स्योरेन्सको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न



झापा । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको ८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गतका बिर्तामोड, भद्रपुर, काकडभिट्टा, बुधबारे र सुरुङ्गा शाखाहरूको संयुक्त पहलमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्वास्थ्यका लागि कदम, विश्वासका लागि प्रतिवद्धता” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश प्रमुख श्री मिलन दाहाल रहनु भएको थियो। प्रभातफेरीमार्फत कर्मचारी, अभिकर्ता र स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिँदा स्वास्थ्यप्रतिको सचेतना र जीवन बीमाप्रतिको विश्वास झनै प्रगाढ भएको देखिएको थियो।

यसै अवसरमा, बिर्तामोड शाखाको नेतृत्वमा आयोजित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित आमाबुबाहरूलाई स्वादिष्ट भोजन, ताजा फलफूल तथा आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो। वृद्ध आमाबुबाको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमलाई अझ अर्थपूर्ण र भावनात्मक बनाएको थियो।

कम्पनीले ८ वर्षको यात्रामा साथ, विश्वास र समर्थन प्रदान गर्नु हुने सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी तथा सरोकारवालाप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा, पारदर्शिता र ग्राहक–मैत्री पहलमार्फत अघि बढ्ने दृढ प्रतिवद्धता जनाएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment