1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

सामाजिक उत्तरदायित्वतर्फ आईएमई लाइफ इन्स्योरेन्सको उदाहरणीय पहल 



झापा ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सुरुङ्गा शाखाले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरलाई विशेष बनाउँदै समाजप्रति उत्तरदायी कार्यमार्फत सरसफाइ अभियानलाई बल पुर्‍याएको छ। शाखाले झापाका विभिन्न धार्मिक स्थल, पर्यटनस्थल तथा अस्पतालहरूमा डस्टबिन हस्तान्तरण गर्दै वातावरणीय संरक्षण र सफाइ संस्कृतिको सन्देश फैलाएको हो।

सुरुङ्गा नगर अस्पताल, सुरुङ्गा कोटिहवन धार्मिक क्षेत्र, कन्काई सर्पदंश उपचार केन्द्र, धनुषकोटी धाम, जमुनखाडी सिमसारसहितका स्थानहरूमा डस्टबिन प्रदान गरिएको यस कार्यक्रममा सुरुङ्गा शाखा प्रमुख केशव पौडेल, कम्पनीका मेची क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना, कोशी प्रदेश कर्पोरेट सेल्स को–अर्डिनेटर गगन सिटौला लगायतका अधिकृत तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख पौडेलले आईएमई लाइफले आफ्नो प्रत्येक वार्षिकोत्सवलाई समाजसँग जोडिने अवसरका रूपमा लिँदै आएको बताए। “हामी केवल बीमा व्यवसायमै सीमित छैनौं, हामी सामाजिक उत्तरदायित्वमा पनि अग्रसर छौं,” उनले भावुक हुँदै भने।

डस्टबिन प्राप्त गरेका संस्थान र क्षेत्रका प्रतिनिधिहरूले यो सहयोगलाई वातावरणीय सचेतना जगाउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै कम्पनीलाई आभार प्रकट गरे। उनीहरूले आईएमई लाइफलाई आगामी दिनमा अझ बढी सामाजिक अभियानमा साथ दिन शुभकामना पनि व्यक्त गरे।

यसरी, ८औँ वार्षिकोत्सवको अवसरमा गरिएको सानो तर अर्थपूर्ण योगदानले केवल सरसफाइमै होइन, समाजलाई सकारात्मक सोच र साझा जिम्मेवारीप्रति जागरूक बनाउन ठूलो सन्देश दिएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर