नेपालको मौलिक संस्कृतिमा तिज एउटा विशेष पर्व हो ।
यसलाई परम्परागत रुपमा महिलाहरूको पर्व भन्ने बुझिन्छ । आमा , छोरी , दिदिबहिनीहरु एकै ठाउमा भेला भई गित संगीतमा रमाएर , व्रत बसेर पुजापाठ गर्ने परम्परा निकै पुरानो हो , तर बदलिँदो समाजसँगै तिजको अर्थ र महत्त्व पनि बदलिँदै गएको छ । आजको चेतनशील पुस्ताले तिजलाइ सामाजिक सन्देश फैलाउँने माध्यमका रुपमा लिन थालेका छन् ।
हामी सबैलाइ थाहा छ , हाम्रो समाजमा अझै पनि लिङ्ग , जात , बर्ग र विचारका आधारमा भेदभाव र आसमानता देखिन्छ , त्यही असमानतालाई मेटाएर सबैलाई एकता कायम राख्नकको लागि नै खासमा तिज पर्व मनाइने गरिन्छ ।तिज पर्वले भेदभावलाई चिर्दै समानताको झण्डा फहराउन सक्ने क्षमता बोकेको छ ।
तिज पर्वले दिने सन्देश सरल तर गहिरो छ , भेदभावको ठाँउ छैन , असमानताको औचित्य छैन । हामी सबै एउटै समाजको अङ्ग हौं । हरेक व्यक्तिलाई सम्मान र अवसर दिनुपर्छ । जब तिजको नाजगानले यो सन्देश दिन थाल्छ त्यो केवल पर्व होइन , अभियान बन्न पुग्छ ।
तिज पर्वलाइ रमाइलो मात्र होइन चेतना फैलाउँने दिनको रुपमा मनाउन सके समाज परिवर्तन तर्फ ठूलो योगदान पुग्नेछ , महिला मात्र नभई पुरुष, युवापुस्ता र बालबालिका सबैले तिजलाई अपनाउन सके त्यो साच्चिकै समानताको पर्व बन्नेछ ।
वर्तमान समयमा तिजका नाममा धेरै बिकृतिहरु पनि फैलिरहेका छन । वास्तवमा भन्ने हो भने तिजलाई राम्रो साँस्कृतिक पर्वको रुपमा विकास गर्नुपर्ने समय आएको छ । अरुको देखासेखी गरेर , ऋण धन गरेर तिज जस्ता चाडपर्व मनाउनु हुँदैन । गहना प्रदर्शन गर्ने , दर खाने नाममा मदिरा सेवन गर्ने हो भने चाडपर्वको अस्तित्व रहन सक्दैन । हाम्रो संस्कृतिलाई बचाइ राख्नका लागि सबै नर – नारीहरु नै सचेत हुनुपर्दछ ।
व्यापक आधुनिकीकरणको नाममा पुराना तिजका गित सङ्गितलाई बिर्सिएर अहिले चलेका पोइला जान पाम जस्ता उशृङखल बिकृती फैलाउने गितहरुलाई मान्यता दिनु हुदैन । तिज गितमा त महिलाका सुख दुखका कथा , बेथा , वेदना र पिडाको मिश्रण हुनुपर्दछ।
अहिले दर खाने परम्परा र पहिरनमा पनि अत्यन्तै बिकृती भित्रीएको छ , तिज आयो भने पछि महिनौ पहिलेदेखि नै पाटी प्यालेस र होटेलमा महिलाहरुको विभिन्न समुहको नाममा जम्मा भै अत्यधिक खर्च गर्ने प्रचलन बनेको छ । सामाजिक मर्यादा बिपरित गरिएका हरेक क्रीयाकलापको आलोचना खण्डन र बिरोध गर्नुपर्दछ ।
तिज वास्तवमै भेदभाव मेटाउने , एकता बढाउने शक्ति हो । हामीले तिजलाइ सकारात्मक र नयाँ दृस्टीले हेर्दा तिजलाई केवल पुजाआजा र परम्पराका नाममा बाधेर राख्ने होइन , यसलाइ भोलिको पुस्तालाई समानताको सस्कार दिने , अवसरका रुपमा उपयोग गर्नु पर्दछ । जब हरेक आमाबुवाले छोरिलाइ पनि छोरा सरह मौका दिन्छन् , जब दाजुभाइले दिदिबहिनीलाई पनि बराबरिको सम्मान दिन्छन् अनि मात्र तिजले आफ्नो वास्तविक सार फेला पार्नेछ ।
नारिलाई केवल घरभित्र सिमित नराखी समाजको मेरुदण्डको रुपमा अगाडी बढाउने साथै समानता , आत्मसम्मान
र अधिकारले मात्र परिवार र रास्ट्र सबल बन्छ भन्ने सकरात्मक सन्देश तिज पर्वले दिन्छ ।
अन्त्यमा तिज केवल महिलाको पर्व मात्र होइन , यो सबैको पर्व हो छोराछोरी , महिला पुरुष सबै मिलेर बिकृती नफैलाई तिज पर्वलाइ भव्य रुपमा मनाउन सकिन्छ , किनभने समानताको सपना कसैको मात्र होइन सबैको हो ।
सम्पुर्णलाई २०८२ सालको हरितालिका तिजको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
✍️रन्जिता खडका
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१