1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ भदौ ९ सोमबार

कचनकवलमा १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ



झापा  ।   झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् ।

उनीहरूले नाबालिकालाई पाथीभरा सामुदायिक वनमा लगेर डरत्रास देखाउँदै तथा ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

नाबालिकाकी आमाले हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले खत्री र तामाङलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment