1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ४ सोमबार

सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत प्राप्त



झापा ।  बुद्धशान्ति गाउँपालिकाको एक मात्र उच्च शिक्षा अध्यापन हुने शैक्षिक संस्था सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस आज हस्तान्तरण गरिएको छ।

गाउँपालिकाको तीन वर्षदेखि भएको निरन्तर प्रयासपछि नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपालका लागि भारतीय दूतावासमार्फत उक्त बस प्राप्त भएको हो।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, सीतारमेश बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष जयप्रसाद भण्डारी ,उपाध्यक्ष चन्द्र उप्रेती, क्याम्पस प्रमुख पुष्प रिजाल तथा सहायक क्याम्पस प्रमुख नरेन बरालको उपस्थितिमा बस हस्तान्तरण कार्यक्रम भएको थियो ।

हिजो चुनावका बेलाको प्रतिबद्धता आज कार्यान्वयन भएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईंले बताएका छन् ।

यता क्याम्पस प्रमुख रिजालले क्याम्पसमा बस ल्याउनका लागि गरेको पहललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन् ।

बस आएसंगै बुद्धशान्ति सहित छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट धाएर अध्ययन् गर्न आउने विद्यार्थीलाई सहज हुने भएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment