झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ बाट तास खेलिरहेको अवस्थामा रहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा तास नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।
गए राति करिब १० बजेको समयमा प्राप्त गोप्य सूचनाका आधारमा बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तल्लामा छापा मारिएको प्रहरीले जनाएको छ ।
छापामारीका क्रममा घरधनीसहित ११ जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
उनीहरूबाट एक बुक तास, नगद २ लाख १५ हजार ५ सय ५रुपैयाँ र नौ थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र थप अनुसन्धान जारी रहेको जिप्रकाले जानकारी दिएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

