1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ कार्तिक ४ सोमबार

बिर्तामोडका युवा व्यवसायी सन्दीप राजबंशीले गरे आधुनिक बस सेवा विस्तार



झापा ।   झापा बिर्तामोड नगरपालिका–९ का युवा तथा ऊर्जावान व्यवसायी सन्दीप राजबंशीले यातायात क्षेत्रमा नयाँ उचाइ थप्दै काठमाडौं रुटका लागि दुई नयाँ बस सञ्चालनमा ल्याएका छन्।

आजदेखि गोलधाप–काठमाडौं रुटमा चल्ने यी बसहरूले यात्रुलाई अझ सहज र भरपर्दो सेवा उपलब्ध गराउनेछन्।

यसअघि नै काठमाडौं–काकरभिट्टा रुटमा दुईवटा बस सञ्चालनमा रहेकाले अब काठमाडौं–गोलधाप रुटका लागि २ र काठमाडौं–काकरभिट्टा रुटका लागि २ गरी कुल ४ वटा बस सेवा सञ्चालनमा आएका हुन्।

राजबंशीको उद्देश्य केवल आम्दानी कमाउनु मात्र नभई यात्रुलाई सन्तुष्ट पार्दै गुणस्तरीय सेवा दिनु हो।

एक दशकभन्दा बढी समयदेखि यातायात क्षेत्रसँग जोडिइरहेका उनले यात्रुको आवश्यकता र सुविधालाई प्राथमिकता दिँदै सेवा विस्तार गरेका हुन्।

अगाडीको सिसामा महादेव लेखिएका उनका बसहरूमा भि.आई.पी. सोफा सिट, ब्ल्याङ्केट, फ्रि वाइफाइ, समयपालना, दक्ष र अनुभवी चालक, हिटर र ए.सी. जस्ता आधुनिक सुविधा उपलब्ध रहेको उनले बताएका छन्।

यी सुविधा भएका कारण उनका बसहरू यात्रुबीच लोकप्रिय बन्दै गएका छन्।

विशेषगरी उनले बसपार्कमा मात्र सीमित नभई भक्तपुरसम्म सेवा पुर्‍याउने व्यवस्था गरेका छन्, जसले काठमाडौं उपत्यकाभित्रको यात्रा अझ सहज बनाएको छ।

यात्रुको सहजता र सेवा गुणस्तरमा निरन्तर ध्यान दिँदै आधुनिक बस थप्दै जाने योजनासहित सन्दीप राजबंशी स्थानीय युवाका लागि समेत प्रेरणाका स्रोत बन्दै गएका छन्।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment