1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख ३ बिहिबार

नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रह लोकार्पण



झापा । कवि नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ विराटनगरस्थित विष्णुमाया पुस्तकालयमा एक समारोहका बीच लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि बलराम पोखरेललगायत अतिथिहरूले संयुक्त रूपमा कृति विमोचन गरेका हुन्।

कार्यक्रममा समीक्षक भूषण ढुङ्गेल र उमेश लुइटेलले कृतिबारे समीक्षा प्रस्तुत गर्दै यसमा समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएको बताएका थिए। प्रमुख अतिथि पोखरेलले कृतिले वर्तमान समाज र मानवीय भावनाको गहिरो चित्रण गरेको उल्लेख गरे।

मुक्तक वाचनमा नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा र प्रज्ञा कट्टेल सहभागी भएका थिए। कार्यक्रमका अध्यक्ष बाबुराम पोखरेलले साहित्यिक सिर्जनाले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए।

साहित्यकार, कवि तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा लेखक खतिवडाको परिवारको सहभागिताले कार्यक्रमलाई झनै अर्थपूर्ण बनाएको थियो। प्रतिष्ठानले आगामी दिनमा नयाँ मुक्तककारहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको प्रतिष्ठानका सचिव मदन भण्डारिले जानकारी दिए।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर