झापा । भद्रपुर जेसीजको ५०औँ पद हस्तान्तरण तथा भद्रपुर जुनियर जेसीजको दोस्रो पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान समारोह–२०२५ भव्य रूपमा सम्पन्न भएको छ। भद्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी शैलेश श्रेष्ठको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर जीवन कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
समारोहमा भद्रपुर नगरपालिकाका नगर प्रमुख तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष जेसी गणेश पोखरेल, नगर उप–प्रमुख राधा कार्की, कोशी प्रदेश सभाका पूर्व माननीय वसन्त बानिया, विभिन्न वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, भद्रपुर जेसीजका पूर्व अध्यक्षहरू तथा मानार्थ सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वर्षको उत्कृष्ट नागरिकका रूपमा राष्ट्रिय खेलाडी तथा सामाजिक व्यक्तित्व आदरणीय श्री हरि खड्कालाई सम्मान गरिएको थियो। सम्मानित खड्काले खेलकुद र समाजसेवामार्फत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो।
समारोहमा विशेष अतिथि नगर प्रमुख तथा पूर्व अध्यक्ष जेसी गणेश पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर जीवन कार्कीले जेसी आन्दोलनको महत्व, नेतृत्व विकास र युवाको भूमिकाबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य जेसी आरोग्य तिम्सिनाले राख्नुभएको थियो।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन वर्ष २०२५ का महासचिव जेसी हेडम्ब राज निरौलाले गर्नुभएको थियो भने दोस्रो सत्रको सञ्चालन वर्ष २०२६ का महासचिव जेसी सुरज श्रेष्ठले गर्नुभएको थियो।
पद हस्तान्तरण समारोहसँगै भद्रपुर जेसीज वर्ष २०२६ का लागि नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा जेसी सुरेन्द्र कुमार खड्का (हिमाल) चयन हुनुभएको छ। यस्तै, कार्यकारी उपाध्यक्षमा जेसी हेडम्बराज निरौला र जेसी सरोज ढकाल, कानुनी सल्लाहकारमा जेसी आरोग्य तिम्सिना, महासचिवमा जेसी सुरज श्रेष्ठ तथा कोषाध्यक्षमा जेसी कुशल न्यौपाने चयन हुनुभएको छ। उपाध्यक्षहरूमा जेसी सनम शासंखर, जेसी बिनोद खरेल, जेसी अरमान थिङ तामाङ र जेसी विशाल श्रेष्ठ रहेका छन् भने सचिवमा निर प्रसाद अधिकारी चयन हुनुभएको छ।
त्यसैगरी, भद्रपुर जुनियर जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा जु. जेसी प्रतीक लम्साल चयन हुनुभएको छ। कार्यकारी उपाध्यक्षमा जु. जेसी पवन पनेरु र जु. जेसी गैरभ निरौला, कानुनी सल्लाहकारमा जु. जेसी सन्दर्भ तिम्सिना, महासचिवमा जु. जेसी श्रेया अधिकारी तथा कोषाध्यक्षमा जु. जेसी रिदिप अधिकारी चयन हुनुभएको छ। उपाध्यक्षहरूमा जु. जेसी आयुश रिजाल, जु. जेसी निर्जल भण्डारी, जु. जेसी श्रेयम अधिकारी र जु. जेसी शैलिशा निरौला रहेका छन् भने सचिवमा जु. जेसी सुजल श्रेष्ठ चयन हुनुभएको छ।
कार्यक्रमले भद्रपुर जेसीज र भद्रपुर जुनियर जेसीजको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरणमा नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

