1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ असोज १३ मंगलबार

बाल प्रतिभाको रंगीन मञ्च बने ग्रिन फिल्ड वल्र्ड स्कूल, वार्षिक उत्सवमा विद्यार्थीका सांस्कृतिक प्रस्तुतिले अभिभावक दंग



झापा । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वल्र्ड स्कूलले आफ्नो वार्षिक उत्सव मनमोहक सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ।

बिर्तामोड १ स्थित विद्यालयको हाताभित्र आयोजित सांस्कृतिक कार्यक्रममा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले कविता, नाटक, वक्तृत्व र संगीतसहित नृत्य प्रस्तुत गरेर उपस्थित अभिभावक तथा अतिथिहरूलाई दंग पारेका थिए।

उत्सवको उद्घाटन मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले दीप प्रज्वलन गर्दै गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरे।

कक्षा ३- ५ का छात्राहरूले सरस्वती वन्दना प्रस्तुत गर्दै सांगीतिक सुरुवात गरे भने अस्लेषा समूहबाट सेफायर नृत्य प्रदर्शन गरिएको थियो। विद्यालयका निर्देशक आनन्दकुमार बस्नेत, वाल्मीकि एजुकेशन फाउण्डेशनका प्रिन्सिपल पवन गिरी, सञ्चालक मनिषा बस्नेत, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र कुमार चम्लगाई, जीतेन्द्र वस्नेत, पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, सह सम्पादक सुरेन्द्र भण्डारी लगायतका व्यक्तित्वहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रममा शिक्षक सुशीला घिमिरे र विद्यार्थी सागर ढकाल तथा एञ्जीला विमलीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, सहकार्य भावना र नेतृत्व क्षमताको विकास गर्ने विद्यालयको उद्देश्य झल्काएको थियो।

विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले स्वागत मन्तव्य राखेका थिए। अभिभावक, शिक्षक र विद्यार्थीको उल्लेखनीय उपस्थिति भएको उक्त कार्यक्रममा प्रस्तुतिहरूले वातावरण उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment