1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

व्यवस्थित बन्दै झापाकै पूरानो बजार गरामनी



अच्युत सुबेदी, झापा
झापाका पुरानाबजारहरु मध्ये गरामनीपनि एक हो, जुनअहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतकाबजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् ।जस मध्ये पनि गरामनीबिकासको पर्खाइमा रहेको बजार हो । प्रत्येक दशैँको नहमीमालाग्ने सानो मेला र एकादशीमालाग्ने ठूलो मेलाले यसको महत्वअझ बढाएको छ ।

त्यतिमात्र हैन शक्ति पिठको रुपमा रहेको दुर्गा मन्दिर र कृष्ण अष्टमीमा खेलाइने दधीकादोले पनि गरामनीको परिचयबोकेको छ । दर्जनौ नेताजन्माएको यो ठाउँ बिकास हुननसकिरहेको अवस्थामाअहिले आएर जनप्रतिनिधिको प्रयासमा रुप फेदै छ । थोरै लगानी गरेर बिहान बेलुकाको छाक टार्ने आधा सय भन्दा बढि व्यापारी अहिले पनित्रिपाल टाँगेर व्यापार गर्दै छन् । उनीहरुरुकै लागिभनेर अहिले वडाको पहलमानगरपालिकाको बजेटमाबजारको सम्पूर्ण भागमाअहिले टाली ओछ्याउने काम भैरहेको छ । “ठूला व्यापारीले त सटर भाडामा लिएर व्यापार गरिरहेका छन्, एक काइयो केरा र दुइ मुठा साग बेचेर जिविको पार्जन गर्ने सानाव्यापारीको लागि केहि राहतहोस र भनेर कमसेकमहिलोको समस्या टरोस भनेर टाली ओछ्याउने कामगरिएको हो”बिर्तामोड नगरपालिका ८ का वडा अध्यक्षअजयकार्कीले भने ।

बिर्तामोड नगरपालिकाको १५ लाख रुपैया बजेटमा बजार भरि टाली ओछ्याउने काम भैरहेको छ । तर, करिब १८ लाख रुपैयाको लागतमाउपभोक्ता समितिले यसको निर्माण गरिरहेको छ । नपुगेको रकम कहाँबाट जुटाउने भन्ने तनाबपनिउपभोक्ता समितिमा छ । करिब १२ सय बर्गफिटमा पैmलिएको बजार र बिचबाट निकालिएको बाटोको सबैतिर काम भैरहेको छ । “अपूगपैसाकालागिहामीनगरपालिकासँग कुरा गरिरहेका छौँ”गरामनीबजार निर्माण व्यवस्थापन समितीअध्यक्ष रणबहादुर मगरले भने, “पैसाले पुगे जतिमात्रै काम गरौँ भन्दापनिबजारमा सहमतिभएनअहिले पैसाको समस्या देखिरहेको छ ।”

हाललाई बजार मात्र हैन बजारको बिचबाट दक्षिण झर्ने बाटो स्तरोन्नतिको प्रतिक्षामा छ । लामो समय स्थानियतहमाजनप्रतिनिधीनहुँदाबिकास पर्खिएको बजार जनप्रतिनिधिको पहलमाव्यवस्थित भैरहँदात्यसको नजिकैका बाटा, सार्वजनिकभवनको स्तरोन्नति र बजारको व्यवस्थापनमापनि स्थानियले आशा गरेका छन् ।

[email protected]

Comment