1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ असार १८ बिहिबार

हल्दिबारीमा साइकलसहित हिलोमा मृत फेला परेका पुरुषको पहिचान



झापा । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा एक पुरुष साइकलसहित मृत अवस्थामा फेला परेका छन्।
आज बिहान करिब ५ः२० बजे स्थानीयले हिलोमा अनुहार गाडिएको अवस्थामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हल्दिबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
प्रारम्भमा मृतकको पहिचान खुलेको थिएन। पछि बिर्तामोड नगरपालिका–९ निवासी ४९ वर्षीय होमप्रसाद सुवेदी रहेको उनकी छोरी, हाल हल्दिबारी गाउँपालिका–२ बसोबास गर्दै आएकी योगमाया सुवेदी भट्टराईले पहिचान गरेकी प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment