झापा- झापामा पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पिसिआर गरी २९२ जनाको परिक्षण गर्दा १४६ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । २५४ जनाको पिसिआर परिक्षण गर्दा १३८ जना र ३८ जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा दमकका ३४ जना, बिर्तामोडका ३३ जना, कन्काईका १६ जना,अर्जुनधाराका १३ जना, शिवसतासीका १२ जना, हल्दिबारीका र मेचीनगरका ९/९ जना, बुद्धशान्तिका ८ जना गौरादह र कमलका ३/३ जना, भद्रपुरका , गौरिगन्जका र बाह्रदशीका २/२ जनासहित जम्मा १४६ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा २ सय ९ जना निको भएका छन् । झापामा कोरोनाको कुल संक्रमितको संख्या २६ हजार ९६५ जना पुगेको छ भने १८ हजार ९६४ जना निको हुँदा २ हजार ८०१ जना सक्रिय संक्रमित रहेका छन् ।
आज झापामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यो सहित झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३९ जना पुगेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभएको छ ।