1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष १० बुधबार

सनलाइट कम्पनीको पञ्चवर्षीय योजना गोष्ठी सम्पन्न



 

झापा-
पूर्वमा सिसाको थोक बिक्री गर्दै आएको सनलाइट इन्भेष्टमेण्ट प्रालिले अर्धवार्षिक प्रगति समीक्षा गर्दै पाँचवर्षे रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ। कम्पनीद्वारा इलामको रोङ गाउँपालिका स्थित ईको होम रिसोर्ट मा आयोजित गोष्ठीमा कम्पनी का संचालक समिति लेखा समिति सल्लाहकार सदस्यहरु र शेयरधनीहरु सहभागी थिए।
केही गोष्ठीको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष पदमलाल भट्टराईले व्यवसाय शुरु भएको छ महिनानाको कारोबारबाट सकारात्मक संकेत पाएको बताए। उनले कम्पनीलाई अल्पकालीन र दीर्घकालीन योजना साथ अघि वढाउन पर्ने बताउँदै यसका लागि सबै समितिहरु  र शेयरधनीहरुको साथ र सहयोगको आवश्यकता रहेको बताए।
एक वर्षभित्रमा प्रदेश नम्बर एक का अधिकांश क्षेत्रमा सिसा फुटी गर्नेर नयाँ ब्रान्डका सिसा खोजी गरी बजार विस्तार गर्ने योजना रहेको भट्टराईले बताए। उनले पाँच वर्षे रणनीति योजना प्रस्तुत गर्दै ५ वर्षमा पुग्दा देशका विभिन्न शहरहरुमा कम्पनीको शाखा विस्तार गर्ने विट तथा आल्मुनियम को कारोबारसमेत थप्ने बताए।  कम्पनीले हाल भारत बङ्गलादेश चीन र दुबइबाट सिसा आयात गर्दै आएको र निकट भविष्यमै अन्य देशबाट समेत आयात गर्ने योजना रहेको संचालक सदस्य धर्मेन्द्र भट्टराई ले बताए। गोष्ठीमा मोहन सिवाकोटी तारा बराल बुद्धिराम भट्टराई रिंग कुमार आचार्य तुलसी नाथ पौडेल आनन्दराज खनाल उपेन्द्र प्रसाद ओली युवराज निरौला लगायत ले आफ्नो धारणा राख्दै कम्पनीको प्रगतिप्रति सन्तुष्ट भएको बताएका थिए।
झापाको चारआली चन्द्रगढी रोडमा अवस्थित सनलाइट इन्भेष्टमेन्ट प्रा लि २०७३सालमा स्थापना भई आफ्नै जग्गामा भवन तथा गोदाम घर निर्माण गरी गत माघ महिनादेखि विभिन्न ब्रान्डका सिसाको कारोबार गर्दै आएको छ भने स्थानीय १२ जनालाई प्रत्यक्षरुपमा रोजगारी पनि दिएको छ।  कम्पनीका अध्यक्ष पदमलाल भट्टराई को अध्यक्षतामा भएको गोष्ठीमा संचालक सदस्य धर्मेन्द्र भट्टराई  ले संचालन तथा सहजीकरण गरेका थिए भने अर्का सदस्य उपेन्द्रप्रसाद ओलीले स्वागत र सचिव भरत  भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए।
Comment