अच्युत सुबेदी, झापा –
झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ ।
स्थानिय स्तरबाट मुद्दा मिलाउँदा दुबै पक्षको जित हुने सँगै बादी प्रतिबादीको सम्पूर्ण बिषयमा जनप्रतिनिधीलाई थाहा हुने भएकाले पनि निर्णय सन्तुलित हुनेमा स्थानियको बिश्वास छ । नगरमा प्राप्त मुद्दाहरुमा जग्गा जमिन सम्बन्धि ९७ वटा, लेनदेन सम्बन्धि ५९ वटा, घर झगडा सम्बन्धि ५१ वटा र मानाचामल सम्बन्धि १२ वटा मुद्दा परेको नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाइले बताइन् ।
उनले भनिन्, “पहिले–पहिले गाउँका मुद्दाहरु गाउँमै पञ्च भलाद्मी बसेर मिलाउने चलन थियो । चलन चल्तीको नियम अनुसार कार्वाहि र तिरोको व्यवस्था गरि मुद्दा मिलाउने चलन उ बेला भएपनि हाल भने नियम र कानुनको जगमा टेकेर स्थानिय तहले मुद्दा मिलाइरहेका छन् । जसले गर्दा स्थानिय खुसी भएका छन् ।” अदालत सम्म पुग्दा त्यो ठाउँमा स्थानिय अवस्थाको जानकारी नहुने, बहस र वकालतको आधारमा निर्णय हुने भएकाले स्थानिय न्यायिक समितीमा बिस्वास बढेको उनले बताइन् । आपूmहरुले समन्वय मात्र गउरदिदा पनि धेरै मुद्दा मिल्ने गरेको उहनको भनाई छ ।
बादी र प्रतिबादी दुबै पक्षले हारेको महसुस नहुने गरि समितिले मुद्दा मिलाउँदै आएको छ । इजलास बाट उठेर जाँदै गर्दा दुबै पक्षको अनुहारमा खुसीयाली छाउने र फेरि बिबाद गर्नु नहुने रहेछ भन्ने बनाउने हिसाबले बुझाएर पठाउने गरेको न्यायिक समितीले जनाएको छ ।