1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २१ सनिबार

झापामा निषेधाज्ञा झन खुकुलो



झापा

झापामा  थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बीउविजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय थप गरेको छ । अब ती पसलहरूले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरिएको छ । कपडा, हार्डवेयरलगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment