झापा –
कोभिड र निर्माण सामग्रीको अभाव देखाउँदै झापाका केही ठुला विकास निर्माणका योजना अलपत्र परेका छन् । लामो समयदेखि लकडाउनका कारण जिल्लामा सञ्चालित ठुला विकास निर्माणका आयोजना सम्पन्न हुन नसक्दा सडकसहितका केही ठुला आयोजनाको काम अलपत्र परेको हो । लकडाउनका कारण झापामा सञ्चालित झन्डै तीन अर्ब बरावरका आयोजनाको काम समयमा सम्पन्न हुन नसकेको हो । निर्धारित समयमा जिल्लामा सञ्चालित चार वटा सडकको काम नसकिएपछि ६ महिनाको समय थप गरिएको छ ।
निर्माण व्यवसायीले कोभिड र निर्माण सामग्री अभाव भएको भन्दै नेपाल सरकार र एसियाली विकास बैक ‘एडिबी’ सँगको साझेदारीमा निर्माण भइरहेका चार वटा सडकको काम समयमा सम्पन्न गरेका छैनन् । समयमा निर्माण सम्पन्न नभएका सडकहरूमा अमलडाँगी–सोलमारी सडक खण्ड, चारपाने–राजगढ सडक खण्ड, पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोक र खर्साङबारी–अधिकारी चोक रहेका छन् ।
यो सँगै जिल्लामा सञ्चालित दुई अर्बभन्दा बढीका साना विकास निर्माणको काम प्रभावित बनेको जिल्ला समन्वय समिति झापाले जनाएको छ । स्थानीय पूर्वाधार तथा कृषि सडक विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना ९आरसीआइपी० मार्फत झापाका चार वटा सडक निर्माणाधीन छन् । रु। ६७ करोड ९३ लाख ७९ हजार ९९५को लागतमा निर्माण भइरहेका चार सडकको निर्माण समय अवधि सकिएर ६ महिना समय थप भएको हो ।
एक चिनियाँ कम्पनी जेठसिजीआइएसी र आशीष–प्रेरा जेभी काठमाडौँले सडक निर्माणको जिम्मा लिएर कञ्चन निर्माण सेवा, विष्णु निर्माण सेवा र पशुपति इन्जिनियरिङ एन्ड बिल्डर्सलाई चार वटा सडक निर्माणका लागि ५२ करोड ८८ लाख ५४ हजार ९९९ रुपैयाँमा पेटी कनट्याक्ट ठेक्का दिएको थियो । निर्माण भइरहेका चार सडकहरूमा अमलडाँगी–सोलमारी सडक खण्ड रहेको छ । यो सडक खण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७३३ रुपैयाँ लागत रहेको छ । ११ दशमलव ५० किलोमिटर सडक निर्माणको जिम्मा पशुपति इन्जिनियरिङ एन्ड बिल्डर्सले लिए पनि यो सडकको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको छ । त्यस्तै चारपाने–राजगढ सडक खण्ड निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ । १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको यो सडक निर्माणको लागत १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँ रहेको छ ।
पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोक दुई वटा १६।५ किलोमिटर सडक निर्माण गर्नका लागि विष्णु निर्माण सेवाले काम गरिरहेको छ । १० दशमलव तीन किलोमिटर लम्बाइ रहेको पाडाजुँगी–खजुरगाछी सडक निर्माणको १२ करोड २८ लाख ७० हजार ७७४ लागत रहेको छ भने खर्साङबारी–अधिकारी चोक ९६।५१ किलोमिटर सडक निर्माण गर्न सात करोड ३९ लाख ३८ हजार १५० लागत रहेको छ ।
नेपाल सरकार र एसियाली विकास बैक ‘एडिबी’ सँगको साझेदारीमा निर्माण भइरहेको चार वटा सडकको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेको छ । सन् २०१८ मार्च ३० मा सम्झौता भएका चार वटा सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असार १८ गते गरेका थिए । हुलाकी राजमार्ग आयोजना इटहरीद्वारा सञ्चालित चारआली–केचना सडक खण्ड र झापा चौक–राजगढ सडक खण्ड तथा राजगढ–गौरीगञ्ज सडक खण्डको काम समेत लकडाउनकै कारण प्रभावित बनेको छ ।हुलाकी सडक परियोजना अन्तर्गत ४८ किलोमिटर सो सडक दुई चरणमा निर्माण भइरहेको हो । झापा चौक–राजगढ र राजगढ–गौरीगञ्ज सम्मको सडक निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको जिसस प्रमुख सोमनाथ पोर्तेलले बताए ।
अलपत्र जीपी भवन र शीत भण्डार
झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित मेची रङ्गशाला अगाडि निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अलपत्र परेको छ । पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण शुरु गरिएको भवन समयमा नबन्दा अलपत्र परेको हो । ११ करोड २६ लाख २७ हजार पाँच सय ५१ रुपैयाँको लागतमा २०७४ असार १० गते भवन निर्माण कार्य सक्ने गरी २०७२ साल असार २७ गते भवनको शिलान्यास भएको थियो । टाइम्स अफ प्रदेशबाट