खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको छ ।
घाँस काट्ने क्रममा लडेर ४२ बर्षीया युवतीको मृत्यु
Comment