1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८३ बैशाख २३ बुधबार

अबैध रुपमा ल्याएको सखुवाको काठसहित २ जना पक्राउ



मोरङ – मोरङ बेलबारी नगरपालिका ३ स्थितबाट अबैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक सोही स्थानका ३८ बर्षीय दल बहादुर तामाङ र केरावारी गाउँपालिका ८ का ४०बर्षीय जित बहादुर तामाङ रहेका छन् ।
गत भदौ ११ गते बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बा२१च १८२९ नम्बको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीमा अबैध रुपले ल्याएको ३८.५ क्यू.फिट सखुवाको काठ फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको काठ, गाडी र चालक सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर