1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

अज्ञात समूहद्वारा भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड 



झापा-
अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ नम्बर वडा सदस्य नूतन पौडेलले जानकारी दिए । कसले तोडफोड गरेको भन्ने खुलेको छैन । तोडफोडबाट अर्धकदको सालिक भत्काइएको उनले बताए । राष्ट्रका अनमोल सम्पत्तिहरूको संरक्षण गर्न सकिँदैन भने यसरी नष्ट गर्ने अधिकार पनि कसैलाई छैन, उनले भने । २०५१ सालमा सो चोकका नामकरण गर्दै  महाकवि देवकोटाको अर्धकद सालिक राखिएको थियो ।
Comment