1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

दधिकाद खेलाउन गरामनीका युवाहरु तातिए, सम्पूर्ण तयारी पूरा



अच्युत सुबेदी, झापा
गरामनी बजार बर्षेनी खेलाउँदै आइएको दधिकाद खेल बजार समितिले यस वर्ष स्थगित गर्ने बताएपनि युवाको सकृयतामा हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण यो वर्ष खेल नखेलाइने बजार व्यवस्थापन समिती अध्यक्ष किशोर भट्टराइले बताएको समाचार झापा खबरबाट प्रकाशित भएको थियो । त्यस पछि युवाहरुले संस्कृति जोगाउनकै लागि खुल्ला ठाउँमा दधिकाद खेलाउने योजना बनाएको स्थानिय उत्तम कट्वालले बताए । खेल केहि समय पछिबाट सुरु हुँदै छ ।

दधिकादा पर्व नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम् साँस्कृतिक पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकाद पर्व मनाउँछन । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

[email protected]

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर