1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

झापाको गरामनीमा दधिकाद खेल सम्पन्न



अच्युत सुबेदी, झापा –
झापाको बिर्तामोड ८ मा दधिकादो पर्व मनाइएको छ । यस अघि गरामनी बजार व्यवस्थापन समितिले दधिकादो खेल नखेलाउने भने पनि युवाहरुको सकृयतामा खेल खेलाइएको हो ।

कोरोना भाइरसको त्रासका कारण यो वर्ष खेल नखेलाउने योजना भए पनि युवाहरुले संस्कृति जोगाउनकै लागि खुल्ला ठाउँमा दधिकाद खेलाउने योजना बनाएको स्थानिय उत्तम कट्वालले बताए ।

दधिकादा नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदाय राजवंशी, गन्गाई, ताजपुरिया जातिले मनाउदै आएको धार्मिक एवम् साँस्कृतिक पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट दधिकाद पर्व मनाउँछन ।

दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

आजको खेलमा २ समुहमा जम्मा १२ जना खेलाडी सहभागी रहेका थिए । जसमा नयाँबारीका बिष्णु महतो बाँसको टुप्पोमा पुग्न सफल भएर पुरस्कार नगद ५ हजार जित्न सफल भएका छन् भने हर्चनाका बिशाल राजबंशीले नरिवल मन्दिर सम्म पुर्याए बापत ३ हजार नगद पुरस्कार हात पारेका छन् ।

[email protected]

Comment