झापा-
पोखरीमा डुबेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा ठेगाना नखुलेका मागी खाई हिँड्ने अन्दाजी ५५ वर्षीय बम बहादुर कार्की नामले चिनिने व्यक्ति रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार मेचीनगर नगरपालिका १२ स्थित धिमाल बस्तीमा रहेको पात्र धिमालको पोखरीमा पौडी खेल्न पसेका कार्की ननिस्किएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारी टोली घटनास्थल पुगेका थिए । प्रहरीले पोखरीको पानी बाहिर फालेर खोजतलास गर्दा पोखरीको बिच भागमा उनलाई मृत अवस्थामा भेटाएका थिए । शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१