झापा –
झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ६ निवासी ३८ वर्षीय सोम दहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार सोमबार राती ८ बजे बनियानी बालुवाडी भित्र सडक खण्ड अन्तरगत कचनकवल- ६ स्थित होसना बोडिङ स्कुल अगाडी तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटना परी मे ८ प २१३७ नम्बरको मोटरसाइकल चालक दहाल, मे १० प ५३८९ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका ५ निवासी २५ वर्षीय करण राजवंशी, सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ३ निवासी १८ वर्षीय जयमति राजवंशी घाइते भएका थिए । घाइते मध्ये चालक दहालको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकल चालक राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ । घाइते जयमतिको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार करणले जयमतिलाई घरबाट भगाएर ल्याएको र उनले तीव्र गतिमा मोटरसाइकल चलाएका थिए । अर्को मोटरसाइकल चालक सोम मरिमराउमा गइरहेका थिए । सोही बेला दुर्घटना भएको हो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१