1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

अमेरिकाले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको हक्कानी अफगानिस्तानको गृहमन्त्री



झापा –

अमेरिकाले ‘मोस्ट वान्टेड’ व्यक्तिको सूचीमा राखेको सिराजुद्दीन हक्कानी अफगानिस्तानको गृहमन्त्री बनेका छन् । उनलाई अमेरिकाको एफबीआईले मोस्ट वान्टेडको सूचीमा राखेको छ । करिब ४५ वर्षीय हक्कानी आफ्नो पिता जलालुद्दीन हक्कानीको मृत्युपछि ‘हक्कानी नेटवर्क’का नेता बनेका थिए । हक्कानी नेटवर्कले पछिल्ला वर्षहरूमा अफगान सुरक्षा बल र पश्चिमा गठबन्धनविरुद्ध अति हिंसात्मक आक्रमणहरू गरेको थियो । हक्कानी नेटवर्क त्यस क्षेत्रका शक्तिशाली लडाकु समूहहरूमध्ये एक हो । कतिपयले सो समूहलाई अफगानिस्तानमा इस्लामिक स्टेटभन्दा पनि प्रभावशाली मान्छन् । अमेरिकाले आतंकवादी संगठन भनेको सो समूहले लामो समयदेखि तालिबानको आर्थिक पाटो हेर्दै आएको छ । बीबीसीबाट ।

Comment