1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ११ बिहिबार

टेक माइन्डको इन्टरनेटबाट सास्ती भोग्दै प्रयोग कर्ता



झापा –

सबै नागरिकमा इन्टरनेटको पहुच पुर्याउन भन्दै गाउँ गाउमा छिरेको टेकमाइन्ड इन्टरनेट नेटवर्क ले प्रयोगकर्तालाइ सास्ती दिन थालेको छ । सुरुवाती जडानको लागि फोर्स गर्ने कम्पनिले सर्भिस नदिदा आफुहरु मारमा परेको स्थानियको गुनासो छ ।

बिर्तामोड ९ का सागर दाहालले टेकमाइन्ड इन्टरनेट प्रयोग गरेको १४ महिना भयो । हाल बिग्रिएको पनि ५ दिन भैसक्यो तर बनाउन कम्पनिले कुनै याद गरेको छैन । “ गरामनी साखाका ॐ नाम गरेका ब्यक्तिलाइ फोन गर्दा हेड अफिसमा फोन गर्नु भन्ने जवाफ दिन्छन ” , दाहालले भने, “हेड अफिसमा सम्पर्क गर्दा गरामनी साखा मै भन्न सल्लाह दिन्छ हामी दिक्क भैसक्यौ ।”

बिग्रीदा फोन रिसिभ नगरिदिने समस्या पनि रहेको छ । प्रदेश कार्यालयमा सम्पर्क गर्दा बल्ल बल्ल आए पनि बनाउन कुनै पहल नगरेको सेवाग्राहिको गुनासो छ । राउटर किनेर ल्याए बनाइदिने बताए पनि कम्पनिमा पाउने राउटर बजारको तुलनामा एक हजार महंगो भएको दाहालको गुनासो छ । महंगै भए पनि कम्पनिबाट राउटर ल्याउदा पनि जोड्न प्राबिधिक आएको छैन । नेट टिभी पनि दुइ महिना देखि नचलेको दाहालले बताए ।

उनी जस्तै अरु ग्राहाक पनि उतिकै सास्ती खेपिरहेका छन । बिर्तामोड ९ कै श्री प्रसाद पाठककाे पनि गुनासाे उहि रहेकाे छ । अधिकांस समय नेट नचल्ने र कम्प्लेन गर्दा माथिबाटै बिग्रीएकाे जवाफ दिने गरेको उनले गुनासो गरे । नया जडानमा भन्ने बितिकै आउने प्राबिधिक मर्मतमा भने चासो नदेखाएको प्रयोगकर्ता बताउछन ।

[email protected]

Comment