1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २७ सनिबार

केस ट्याक्टरको फ्री सर्भिस क्याम्प बिर्तामोडमा



अच्युत सुबेदी, झापा – 

कृषक र व्यवसायीमाझ लोकपृय बनेको केस ट्याक्टरको बिर्तामोड सोरुमले फ्री सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालका लागि आधिकारीक बिक्रेता द हबि अटो ट्रेडिङ प्रालि बिर्तामोडले दक्ष तथा अनुभवी प्राबिधिकबाट फ्री सर्भिस क्याम्प सञ्चालन गरेको हो ।

आज एक दिनका लागि सञ्चालित क्याम्पमा ३० वटा भन्दा बढि गाडीको सर्भिस गरिएको बिर्तामोडका बजार प्रतिनिधि सुरज प्रधानले बताए । कार्यक्रममा कम्पनिका प्रदेश नं. १ का क्षेत्रिय प्रबन्धक उमेश ढुङ्गानाले गाडी सोचेको भन्दा बढि बिक्रि भएको र आपूm सफल भएको बताएका छन् । उनले आगामी दिनमा कृषक र व्यापारीलाई अझ राम्रो सेवा र सुबिधा दिने समेत बताएका छन् ।

कार्यक्रममा कम्पनिका बजार व्यवस्थापक सुरज प्रधानले अरु भन्दा यो ट्याक्टर बढि सुबिधा युक्त भएकाले प्रयोगकर्ता खुसी भएको बताएका छन् । उनले भने, “सबै पौरखी हातहरुको मन जित्दै बिश्वको सर्वाधिक लोकपृय ट्याक्टर बन्न सफल भएको र परिस्थिति जस्तो आएपनि त्यसको निम्ति स्वस्थ आहार पुर्याउने किसान समुदायको मेहनत र समर्पणलाई हामीले सम्मान गर्न सक्यौ ।” उनले जुनसुकै खोलानाला तथा पहाडी क्षेत्रमा सजिलै ढुवानी गर्न सकिने, अन्य ट्याक्टरको तुलनामा अकल्पनिय र अधिक क्षमताले भरिपूर्ण भएकाले आपूmहरुले कषकको मन जित्न सफल भएको बताए ।

अन्य कम्पनीका ट्याक्टरको तुलनामा केस मा कम डिजल खपत हुने, उच्च तान क्षमता रहेको, जोत्नका लागि विशेष हाइड्रोलिक प्रणाली भएको, २७०० किलोसम्मको भार उचाल्न सक्ने क्षमता भएको लगायतका विशेषता रहेको कम्पनिले जनाएको छ । भारतमा कृषकको पहिलो रोजाइमा रहेको केस ट्याक्टर नेपालमा पनि विस्तारै कृषकमाझ लोकप्रिय बन्ने क्रममा रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

[email protected]

Comment